
काठमाण्डाै – केही दिनदेखि बढिरहेकाे सुनकाे भाउ मङ्गलबार घटेकाे छ ।
मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै मङ्गलबार चाँदीकाे भाउ पनि घटेकाे छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
