भारतबाट आउँदै गरेका छ जना मजदुर लुटिए

405
0
Share:

भीमदत्तनगर, १७ मङ्सिर ।
भारतबाट आउँदै गरेका ६ जना नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका छन् । मजदुरी गरेर घर फर्किरहेका नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका हुन् ।
गत तीन दिनमा छ जना लुटिएको उनीहरुलाई सहयोग गर्ने सहारा समूह नेपालका राजबहादुर चौधरीले बताए ।
आइतबार भारतको सिमलाबाट फर्किएका जाजरकोटको झाप्राका १७ वर्षीय ललित शाही र २० वर्षीय जयबहादुर शाही २०÷२० हजार रुपैयाँसहित लुटिएका थिए भने सोमबार जाजरकोटकै खक्यानकोट गाविस–५ का १९ वर्षीय भुपेन्द्र थापा र १५ वर्षीय प्रेम राना मगर पनि २० हजार रुपैयाँसहित लुटिएका हुन् ।
हिजो मङ्गलबार जाजरकोटकै झाप्रा गाविस–१ का १५ वर्षीय रवीन्द्र नेपाली र प्रकाश नेपाली पनि १२ हजार रुपैयाँ सहित लुटिएका प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: