पोखरामा अबैध हतियारधारीको बिगबिगी, फेरि हतियार सहित दुई जना पक्राउ

Share:

पोखरा १७ मंसिर । पोखरामा हतियारधारी ब्यक्तिहरुको जगजगरी बढ्दै गएको छ । हतियार सहित कास्की प्रहरीले लगातार मानिस पक्राउ गर्ने क्रम जारी छ । न्यूरोडको मेघा सहकारी लुटपाट घटनाका मुख्य योजनाकार हतियार सहित पक्राउ गरी सार्बजनिक गरेको कास्की प्रहरीले हतियार सहित पुन दुई जनालाई पक्राउ गरेको छ ।

सर्लाही शासापुर ५ घर भई पोखरा उप महानगरपालिका बडा नं ९ न्यूरोड बस्ने बर्ष २७ का केशर सिंह हेमजन तथा कास्की दाङसिङ २ घर भई पोखरा उप-महानगर पालिका वडा नं। ९ बास्तोलाथर बस्ने २९ बर्षिय कमल गुरुङ अवैध हतियार सहित पक्राउ परेका हुन् ।

hatiyar-1024x768

हातहतियार रिभल्वर समेतको खरिद बिक्रि तथा ओसार-पसारमा संलग्न रहेको सुराकीको आधारमा खटिएको प्रहरी टोलीले पोखराको पस्याङचोकमा शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा उनिहरुलाई पक्राउ गरेको हो । खानतलासीको क्रममा गुरुङले बोकेको कालो रङको झोला भित्र लुकाई राखेको मेड ईन ईङगल्याण्ड लेखिएको रिभल्भर एक थान, सो मा लगग्ने गोली थान २ , कलर्स मोबाईल थान एक र केशर सिंह हेमजनको साथबाट सामसुङ दुई थान बरामद गरेको छ ।

पक्राउ परेका गुरुङ र हेमजनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी हात हतियार तथा खरखजना मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साथै उक्त हतियार कुन प्रयोजनका लागि कहाँबाट खरिद गरी ल्याएको भन्ने बारेमा समेत अनुसन्धान जारी रहको प्रहरी नायब उपरिक्षक केदार रजौरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: