तस्बिरमा हेर्नुहोस् पोखराको ढुङ्गेसाँघु मेला

Share:

पोखरा । माघे संक्रान्तीको अवसरमा पोखराको ढुङ्गेसाँघुमा लागेको मेला अवलोकन गर्नेको बुधबार निकै भीड देखिन्थ्यो । प्रत्येक वर्ष लाग्दै आएको मेलाले यस वर्ष पनि निरन्तरता पाएको हो ।

पोखराको मध्य भागबाट बगेको सेती नदीमाथी बनेको ढुङ्गाको प्राकृतिक साँघु नै मेलाको प्रमुख आकर्षण हो । सोही ढुङ्गाको नामबाटै त्यस ठाउँको नाम ढुङ्गेसाँघु रहन गएको हो भन्ने किम्बदन्ती छ ।

धार्मिक रुपले प्रख्यात यो मेलामा भक्तजनहरुले सेती नदीमा मकर स्नान गर्ने गरेका थिए । मेलामा परम्परागत रुपमा तरुल, लत्ता कपडा तथा फेन्सी सामानहरुको बजार समेत लागेको थियो ।

जक्सन डटकमका लागि संजय ठकुरी मल्लले कैद गरेको तस्बिर हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्
Share: