यस्तो छ आजको मौसम

Share:

काठमाडौं । आज (शनिबार) देखि मौसममा क्रमिक रूपमा सुधार हुने मौसमविदले जनाएको छ । बुधबार रातिबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका बिस्तारै कम भई मौसममा क्रमिक सुधार आउने क्रम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम सुधार हुने क्रममा रहे पनि हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । देशका एक–दुई स्थानमा पानी परिरहेको छ । यस्तैे उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । भने, काठमाडौं सहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिएको मौसमविदले बताएका छन् । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुनेछ । पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको मौसमविदले बताएका छन् । आइतबारदेखि भने मौसम सफा हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: