
पोखरा १८ मंसिर । स्वरसम्राट नारायणगोपालको २४ सौ स्मृति दिबस शुक्रवार देशभर बिभिन्न कार्यक्रम गरी मनाईदै छ । दिबसको अबसरमा पोखराको चिप्लेढुङ्गामा रहेको ‘मेलोडी क्याफे’ ले बिशेष कार्यक्रम गर्दैछ । शुक्रवार साझ ७ : २० बजेदेखि १०ः ३० बजेसम्म नारायणगोपाल बिशेष कार्यक्रम गर्न लागिएको क्याफे सञ्चालक मध्यका एक बिनोद बानियाँले बताए । ब्यबशायसंगै स्रष्टा सम्मानको लागि स्वरसम्राटको स्मृतिमा बिशेष कार्यक्रम हुने उनले जानकारी दिए ।
शुक्रवार क्याफेमा आउने पाहुनाले नारायणगोपालका गितमा आनन्द लिन पाउने अर्का सञ्चालन शेखर शेरचनले बताए । अघिपछि पनि दैनिक पाहुनाको रोजाई अनुसारको गित सुनाउदै आएको क्याफेमा शुक्रवार भने नारायणगोपालको गीतलाई प्रथामिकता दिईने बताईएको छ । क्याफेमा आएका पाहुनाले रोजेको नारायणगोपालका जुनसुकै गीत पनि सुन्न सकिने ब्यबस्था मिलाईएको छ ।
पोखरामा गीत, संगित र साहित्यका थुप्रै संघसंस्था क्रियाशिल रहेपनि स्वरसम्राटको सम्झनाको लागि उनको स्मृति दिबसको अबसरमा कुनै कार्यक्रम राखेका छैनन् । क्याफेमा एकैसाथ झण्डै सय जना बसेर गीत सुन्दै आनन्द लिन सक्नेछन् ।
आयोजकका अनुसार पोखरामा ब्यबशायिक रुपमा खुलेको रेष्टुरेण्टले स्रष्टा सम्मानको लागि गर्न लागेको यो पहिलो कार्यक्रम हो । ‘ ब्यबशाय संगै सामाजिक सेवा भाबलाई पनि संगै लिएर जानुपर्छ, बानियाँले भने ‘ स्रष्टा सम्मानको यो श्रृङखला आगामी दिनमा पनि निरन्तर रहनेछ ।’
पोखराबाट माथि उठेका बानियाँले क्याफेमा दैनिक गीत गाउदै पनि आएका छन् । नारायण गोपाल संगित कोषले २०५७ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगिताको क्षेत्रिय स्तरमा पहिलो र राष्ट्रिय स्तरमा दोस्रो भएका उनले पोखरामै बसेर केहि गर्नुपर्छ भन्ने अठोट लिएका छन् । राजधानीबाट आएका थुप्रै अबसरहरुलाई पन्छाएर आफ्नै जन्मथलोमा बसेर कर्म गर्नेमध्य उनि पनि एउटा स्रष्टा हुन् । कार्यक्रममा बानियाँसंगै चर्चित गायीका ईतु जोजिजुको पनि स्वर सुन्न सकिनेछ ।
बानियाँ र शेरचनसंगै गणेश बसौला र अशोक गुरुङ चार युवाहरु मिलेर तीन महिना अघि मात्रै मेलोडी क्याफे सञ्चालनमा ल्याएका ह्न । आधुनिक गीत गजल सुन्न चाहनेको लागि छोटो समयमै लोकप्रियता कमाएको क्याफेले आगामी दिनमा अन्य स्रष्टाको सम्मानमा पनि कार्यक्रम गर्दै जाने सोच बनाएको छ ।
बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट बि.सं. १९९६ मा काठमाण्डौको किलागलमा जन्मिएका नारायणगोपालको बि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो । नेपाली सांगितीक क्षेत्रमा स्वरसम्राटको उपमा पाएका उनको झण्डै ५ सय गीत लोकप्रिय छन् ।
