मेलबर्नले आज एडिलेडसंग खेल्दै, पुरा होला त सन्दीपको १०० विकेट ?

Share:

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको टिम मेलर्बन स्टार्सले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्दैछ । बुधबारको खेलमा पनि सन्दीप खेल्ने प्रबल सम्भावना रहेको छ ।

आज उनले एडिलेडविरुद्धकाे खेलमा दुई विकेट लिएमा टी–२० मा विकेटको १०० विकेट बनाउने छन् । उनले टी–२० मा अहिलेसम्म ९८ विकेट लिइसकेका छन्।

सन् २०१६ मा हङकङ टी–२० ब्लिट्जबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा अघि बढेका सन्दीपले इन्डियन प्रिमियर लिग हुँदै बिग ब्यास लिग सम्म उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन् ।

लिगको तेस्रो स्थानमा रहेको एडिलेडले ११ खेलमा ६ मा जित र चारमा हारका साथ १३ अङ्क जाेडेकाे छ । मेलबर्नले एडिलेडविरुद्ध सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा सन्दीपको नाम अटाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: