
पोखरा । नेपाल पर्यटन बर्ष २०२० को अवसरमा तनहुँको भीमाद नगरपालिका वडा नं. ७धन्धुरस्थित सिद्ध गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत सिद्धगुफामा भ्रमण वर्षको शुरुवात गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुवात गरेको हो ।
सिद्धगुफामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भ्रमण वर्षको शुरुवात गर्दै सरकारको अभियानमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको बताए ।
पर्यटन समृद्धिको आधार रहेको चर्चा गर्दै मन्त्री लम्सालले सरकारले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकतामा राखेको बताए । मन्त्री लम्सालले भ्रमण बर्षलाई बर्षभरीनै उत्सवका रुपमा मनाउन आव्हान गरे । स्थानिय स्तरमा रहेका ऐतिहासिक धार्मीक पर्यटकीय स्थल मठ,मिन्दर,प्राकृति प्राचुर्याताका डाँडाकाडा,भ्यूप्वाईन्ट,नदी,नाला,ताल तलैया लगाएतका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा लाग्न स्थानियवासीलाई आग्रह गरे ।
सोही अवसरमा मन्त्री लम्साल मार्फत भिमादमा रहेका गुरुङ,ब्रहमण,मगर,परियार,विश्वकर्म,मिजार,मुस्लिम लगाएतका जातजातीहरुले आ—संस्कृति देखाउदै भिमाद भ्रमणको निमन्त्रणा दिएका थिए ।
कार्यक्रममा भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रबद्र्धनमा नगरपालिका जुटेको बताए ।

