
काठमाडाैं । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले सन् २०२० फेब्रुअरी महिनामा ‘आयोडिन मन्थ’ मनाउने भएको छ । ट्रेडिङले प्रेस विज्ञप्ति जारी गर्दै आगामी अंग्रेजी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने घोषणा गरेको हो ।
विज्ञप्ति अनुसार महिनाभर आयोडिनको कमीले हुने विकृतिहरू सम्बन्धी जनचेतना जगाउने सम्बन्धी कार्यक्रम गरिने छन् । देशभर २१ क्षेत्रमा कार्यक्रम गरिने छन् । जसमा स्कूलमा एडभोकेसी, हाटबजारमा माइकिङ, अस्पताल, जनस्वास्थ्य चौकीहरूमा कार्यक्रम, तुल ब्यानर, र्याली, एफएम कार्यक्रम गरिने जनाइएको छ ।
ट्रेडिङका अनुसार दिपायल, डडेल्धुरा, महेन्द्रनगर, टीकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, कृष्णनगर, भैरहवा, पोखरा, बाग्लुङ, नारायणगढ, बनेपा, हेटौंडा, वीरगञ्ज, जनकपुर, राजविराज, लहान, विराटनगर र बिर्तामोड जनचेतनामूलक कार्यक्रम गरिने छन् ।
सरकारले विगत ५६ वर्षदेखि ट्रडिङलाई आयोडिनयुक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी दिइएको छ ।
