
काठमाडौं : अज्ञात समूहले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ। आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर कडा कार्यालय र पेड्कुका ११ घर तोडफोड भएको स्थानीयले बताएका छन्।
घटना राति भएको र करिब ११ वटा घरमा तोडफोडसहित चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दियो । घटनाबारे थप अनुसन्धान भइरेहेको छ ।
कमेन्ट गर्नुहोस्
