
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । यसघिको वरियतामा १२ औं स्थानमा रहेको नेपाल आईसीसीले सार्वजनिक गरेको ताजा वरियतामा पनि १२ औं स्थानमा रहेको छ।
नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ । टी-ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो ।
टी-ट्वान्टीको विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
