
प्रभु बैंक लिमिटेडले पोखरामा एकै दिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पोखरा महाँनगरपालिका वडा नं २ विन्दावासीनी, वडा नं १३ बाझाँपाटन र वडा नं २६ अघाँैचोक स्थित लेखनाथमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
विन्दवासीनी शाखा कार्यालयको समुद्घाट्न प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश व्यवसाय अधिकृत शान्ति शेरचन, वडा नं १३ बाझाँपाटन शाखाको वडा अध्यक्ष लेख बहादुर तामाङ, अघाँैचोक स्थित लेखनाथ शाखाको लेखनाथ उद्योग वाण्ज्यि सघंका अध्यक्ष बलराम ढकालले उद्घाटन गरे ।
विन्दवासिनीमा उद्घाटन गरेसँगै प्रभु बैंक लिमिटेडको २०८ शाखाको उद्धघाटन भएको छ । यो शाखा गण्डकी प्रदेशको ४४ औँ शाखा तथा कास्की जिल्लाकोे नवौं शाखा हो । पोखरा महानगर पालिकामा न्यूरोड, बगर, अमरसिंह चोक, बिरौटा, बाझाँपाटन, हरिचोक (विन्ध्यवासिनि) र अर्घौचोकका शाखा कार्यालयबाट सेवा प्रबाह गरेको छ ।
हाल सम्म प्रभु बैंक लिमिटेडले १० अर्ब ३१ करोड ५५ लाख भन्दा वढी चुक्ता पुँजी पु¥याई देश भरीबाट २०८ शाखा ४३ वटा एक्स्टर्न काउन्ट १५२ वटा एटीएम र १२ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरी ९४ अर्ब ७१ करोड ६४ लाख १४ हजार लगानी गर्न सफल भएको छ ।
