सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

Share:

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिका–८ तिपेनीको प्रहरी चौकिमा शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको छ।

आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते भएका छन्। राति करिब १ बजे १० वटाभन्दा धेरै मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उक्त समूहले प्रहरी चौकीमा ढुंगामुडा गरेको प्रहरीले बताएको छ।

घाइते हुनेमा चौकीका इञ्चार्ज असइ सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर रहेका छन्। असइ झालाई उपचारका लागि काठमाडौं लगिएको छ। हवल्दार मगरको मेलम्चीमा उपचार भइरहेको छ। आक्रमणमा संलग्नमध्ये एकजना र दुईवटा मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरीेले जनाएको छ । प्रहरीेले घटनाबारे अनुसन्धान सुरू गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: