जनवादी क्रान्तिमा विप्लवले धोका दिए: देव गुरुङ

405
0
Share:

पोखरा, २४ मंसीर / बैद्य माओबादीका सचिव देव गुरुङ्गले जनबादी क्रान्तिको कार्यदिशामा विप्लवले धोका दिएको बताएका छन । पार्टीको कास्की जिल्ला भेला आयोजक समितीले पोखरामा गरेको पत्रकार सम्मेलनमा गुरुङ्गले दुई बर्ष अगाडी पार्टी गठनको क्रममा सहमति जनाएको बिप्लवले एकाएक फरक दस्तावेज ल्याएर पलायन तर्फ लागेको बताए । आफुहरुलाई प्रचण्ड संग मिल्न लागेको आरोप लगाउने बिप्लव आफै सत्तासाझेदारीको कुरा गरेर प्रचण्ड बाबुराम संग मिल्ने योजनामा रहेको गुरुङ्गले आरोप लगाए ।बिगत कालमा बाबुरामले ल्याएको दस्तावेज नै बिप्लवको भएको उनले स्पष्ट पारेका थिए ।

dev gurung

पार्टीमा बिप्लव गएपछि पनि कुनै सांगठनिक नोक्सानी भएको छैन , एकाध जिल्लामा रहेका कार्यकर्ताहरु भ्रममा रहनु स्वाभाविक हो , गुरुङ्गले भने  । अब माओबादी सकियो भन्ने कुरा गलत भएको र क्रान्तिकारीहरुमा सुद्रिणीकरण हुनु नराम्रो नभएकोमा उनले जोड दिए ।

सर्बपक्षिय राजनितिक सभाको आयोजना गरेर ऐजेण्डामा सहमति भएको माओबादी पनि राष्ट्रीय सरकारमा सहभागि हुन सक्ने उनले संकेत गरे । तत्कालिन सत्तापक्ष र बिद्राही पक्षबिच राजनितक सभा मार्फत नयाँ सहमति गर्नुपर्ने उनको भनाई थियो । संबिधान सभा बिघटन भएर राजनितिक सभाको आयोजना गरेर ऐजेण्डामा सहमति हुनु पर्नेमा गुरुङ्गले जोड दिए ।

पत्रकार सम्मेलनमा कास्की जिल्ला भेला आयोजक समितिका संयोजक हरि बहादुर चुमान अजितले पहिलाको पार्टीका ११ जना जिल्ला सदस्य आफुतिर भएको बताए । बैद्य माओबादीले कास्कीमा  ईलाका कमिटीमा भएका कार्यकर्ताहरु सहित ३५ जनाको भेला आयोजक समिती बनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: