
गोकुल बानियाँ पोखरा २४, मंसिर । प्रधानमन्त्री सुशिल कोइरालाले माघ ८ गते संविधान जारी हुनेमा ढुक्क हुन सवैलाई आग्रह गरेका छन् । दलहरु सहमतिको लागि संबादमै रहेकाले चाडैनै एउटा निर्णयमा पुग्ने र सहमतिकै संबिधान जारी गर्ने उनको दाबि छ ।
अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसमा पोखराको रातोपहिरोमा स्थित अन्तराष्ट्रिय पर्वतीय संग्राहलयमा बुधबारबाट सुरुभएको पर्वतीय महोत्सवको उद्घाटन गर्र्दै उनले दलहरु बिचमा बाहिर आएजस्तो बिमत्ती नरहेको दाबि गर्दै माघ ८ गतनै संबिधान जारी गर्ने गरी सकारात्मक निर्णयमा पुग्ने जिकिर गरे । अब फेरि बाधा ब्यबधान आउनेमा आशंका नगर्न उनले आग्रह समेत गरेका छन् ।
सबैको हक अधिकार सुनिश्चित हुने संबिधान जारी हुने भएकाले आन्लोलनको आबश्कता नरहेको प्रधानमन्त्री कोईरालाले बताए । अव कसैले आन्दोलन गर्न जरुरी नरहेको उल्लेख गर्दै अनावश्यक आन्दोलन र संघर्षले प्राप्त उपलब्धि गुम्ने तर्फ सचेत हुन उनले आग्रह समेत गरे । ‘फेरि पनि द्धन्दमा फस्यौ, आन्दोलन र तोडफोड हुन थाल्यो भने ०६२÷६३ को आन्दोलनका उपलब्धिहरु बालुवामा पानी हाले सरह हुन सक्छ , प्रधानमन्त्रीले भने म हात जोडेर बिन्ति गर्छु आन्दोलन र सहादतबाट प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने छ । ’
संविधान निर्माण पछि मुलुकले आर्थिकरुपमा निकै फड्को मार्ने उल्लेख गर्दै १० बर्ष भित्रमा मुलुकमा कायापलट हुने प्रधानमन्त्रीको दाबि छ । हालै गरिएका पिडिए र पिटिए संझौता प्रति लक्षित गर्दै उनले राष्ट्रहित बिपरितका कुनै सम्झौता नगरेको जिकिर गरे । ‘ नेपाल तल पर्ने गरी कुनै सम्झौता गरेको छैन र गर्दिन पनि ’ उनले भने ।
एक अर्को प्रसंगमा प्रधानमन्त्री कोइरालाले पोखरा विमानस्थल निर्माण कार्य अव छिटै अगाडि बढ्ने बिश्वस ब्यक्त गरेका छन् । अन्तराष्ट्रिय पर्वतीय दिवसको उपलक्ष्यमा पोखरामा पहिलो पटक आयोजना गरिएको तीन दिने पर्वतीय महोत्सव २०७१ ज्ञान,सिप र प्रविधि लागयतका ३६ वटा स्टल रहेका छन् । महोत्सवमा विश्ववन्य जन्तु कोष,इसिमोड,प्रकृति संरक्षण कोष,लिवर्ड,वन तथा इन्जिनियरीङ अध्ययन संस्थान, लुम्ले कृषि अनुसन्धान केन्द्र,कफी वोर्ड लगायतको सहभागिता रहेको मुल आयोजिक समितिका संयोजक एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा हिमाल आरोहण सम्वन्धी वृत्तचित्र,आरोहीसंग प्रत्येक्ष अन्तरक्रिया,सहासिक खेलहरु वालक्लाइमिङ, साईक्लिनीङ , मिनि म्याराथुन,छेला,आरचरीका साथै मनोरन्जनात्मक कार्यक्रम समावेश गरिएका छन् ।
विश्वका ८ हजार मिटर भन्दा अग्लो मध्येको छौटौ चोयु हिमाल आरोहणको हिरक महोत्सव,हिमालयन होस्ट देशहरुको बैठक र अन्य विभिन्न विषयमा छलफल गरि हिमालयन देशहरुको साझा धारणा बनाउन महोत्सव सहयोगी बन्ने नेपाल पर्वतारोहण संँघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । महोत्सवमा चीन ,भारत,भुटान,वंगलादेश,पाकिस्तान,अफगानिस्तान,म्यानमार लगायत विभिन्न देशवाट विदेशी पाउन सहभागी रहेका छन् भने चोयु हिमाल सफल आरोहण गर्ने स्वदेशी तथा विदेशी ३५ जनाको समेत प्रत्येक्ष सहभागिता छ ।
महोत्सवकै अवसरमा नेपालमा रहेका ८ हजार मिटर भन्दा अग्ला थप ६ वटा हिमचुचुरा प्रमाणीकरण भई अन्तराष्ट्यिस्तरमा सुचिकृत गरिने अध्यक्ष शेर्पाको दावी छ । नया सुचिकृत भएमा विश्वका ८ हजार मिटर भन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ भने नेपालमा मात्र १४ वटा पुग्नेछन् ।
