बृहत पाथिभरा पुरुष भलिबल सुरु, राखेप पुनःगठन गर्नुपर्ने मन्त्री पौडेलको भनाइ

Share:

ताप्लेजुङ, मंसिर २४ । ताप्लेजुङमा सर्वाधिक पुरस्कार राशीको पूर्वाञ्चलस्तरीय बृहत पाथिभरा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा बुधबार ताप्लेजुङ विजयी भएको छ ।

vollyball-final-final8

ताप्लेजुङले झापालाई २५–२०, १८–२५ र २८–२६ ले पराजित ग¥यो । बिहीबार दोस्रो दिन दुई खेल हुनेछन् । संखुवासभाले ओखलढुंगाको तथा भोजपुरले तेह्रथुमको सामना गर्नेछ ।

यसैबीच, प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पुनःगठन गर्नुपर्ने बताएका छन् । राखेपको हालको संरचनाले सबै खेल क्षेत्रलाई समेट्न नसकेको भन्दै पुनःगठन गर्नुपर्ने उनले बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)बाट आएको रकम दुरुपयोगमा लिप्त भएका पदाधिकारीलाई अदालतले पनि बचाउ गरेको आरोप लगाउँदै मन्त्री पौडेलले सबैतिरबाट अदालतको निर्णयको विरोध भएकाले अब अदालतको आँखा पनि खुल्ने बताए ।

पाथिभरा भलिबलको विजेताले २ लाख ५१ हजार १ सय १, दोस्रोले १ लाख ५१ हजार १ सय १ र तेस्रो हुने टिमले १ लाख १ हजार १ सय १ रुपैयाँ पाउने छन् ।

 

News source : imagekhabar.com

कमेन्ट गर्नुहोस्
Share: