सरस्वती स्कुलमा युवा उद्यमी मञ्च पोखराको सहयोग

Share:

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले माछापुच्छ्रे गाउँपालिका ९ सिदिङको सरस्वती आधारभूत विद्यालय मर्मत गरिदिएको छ । विद्यालयमा अध्ययरत विद्यार्थीलाई संस्थाले पोशाक र स्टेसनरीसमेत वितरण गरेको छ । २०७२ सालको भूकम्पबाट भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि एनवाइइएफले निर्माण गरिदिएको थियो ।

५ वर्षसम्म लगातर भवन मर्मत सम्भार गरिदिने प्रवद्धतता अनुसार यो वर्ष मर्मत गरिएको संस्थाले जनाएको छ । भवनवरपर रेलिङ निर्माण साथै रंगरोगन गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा एनवाइइएफ पोखरा अध्यक्ष वैभव पौडेलले युवा व्यवसायीसामाजिक उत्तरदायित्वका काम गर्न सदा अग्रसर रहेको बताए ।

सिदिङसँग एनवाइइएफ जोडिन पाउनु गर्वको विषय रहेको भन्दै पौडेलले सिदिङको होमस्टे प्रवद्र्धनका लागि पनि सघाउने प्रतिबद्धता जनाए । कार्यक्रम संयोजक सन्तोष घिमिरेले कास्कीको दुर्गम सिदिङ अहिले मोटरबाटोसँग जोडिएकाले पर्यटकीय सम्भावना देखिएको बताए । पर्यटन प्रवद्र्धन र शैक्षिक सुधारमा संस्थाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता घिमिरेले गरे ।

एनवाइइएफले कास्की जिल्लाका २ विद्यालयमा भवन निर्माण गरी बर्सेनि सहयोग गर्दै आएको छ । संस्थाकै अगुवाइमा सिदिङको सरस्वती आधारभूत र पोखरा २१ को बक्रेक माध्यमिक विद्यालयको भवन बनाएर विद्यालयलाई हस्तान्तरण भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: