दिगो बिकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

Share:

पोखरा । गण्डकी प्रदेश निति तथा योजना आयोग उपाध्यक्ष डा.गिरधारी शर्माले दिगो बिकास लक्ष्य प्राप्तिका लागी सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) , र नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजना तथा निति तथा योजना आयोग गण्डकी प्रदेश कार्यलयको सहयोगमा भएको दिगो बिकास लक्ष्य र सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले राजनितिक मुद्धा भन्दा बढि बिकासका विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले निजि क्षेत्रले दिगो बिकास लक्ष्य प्राप्तीका सरकारको सहयोगीको रुपमा प्रभावकारी भुमिका खेल्न नसकेको बताए ।  ‘निजि क्षेत्रलाई सुतेर बसेको अवस्था छ’,उनले भने ‘पत्रकार साथिहरुले निजि क्षेत्रलाई दिगो बिकास लक्ष्य प्राप्तीमा क्रियाशिल हुन सचेत गराउनुपर्यो’ ।
दिगो बिकास लक्ष्य प्राप्तीमा सञ्चारकर्मीको भुमिका बारे कार्यपत्र प्रस्तुत गर्दै उनले दिगो बिकास लक्ष्य जनताको जिवनमा संरचनागत परिर्वतन गर्न ल्याइएको बिकास एजेण्डा रहेकाले यसको स्थानीयकरण गर्न आवश्यक रहेको बताए । शर्माले सुशासन शिक्षाको बिकासमा समेत लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

 दिगो बिकास लक्ष्य प्राप्तिका लागी नेपाल सरकारले कुल ४ सय ७९ सुचक तयार गरेकोमा गण्डकी प्रदेश सरकारले १ सय ३९ सुचकहरुलाई उपयुक्त मान्दै सोही अनुरुप योजनाहरु बनाइरहेको छ । जसमा गरिबि अन्त्यका लागी १४ , शून्य भोकमरीका लागी ८ , लैङ्गिक समानता १६ , गुणस्तरीय शिक्षा १५ , स्वास्थ्य तथा कल्याण ८ गरि प्राथमिकताका आधरमा दिगो बिकासका १७ वटा लक्ष्यका सुचकहरु तोकिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले योजनाहरु कागजी रुपमा बनाउने तर पुरा गर्ने बाटोमा हिड्ने काम नगरेका कारण खबरदारी आवश्यक रहेको बताए ।

उनले दिगो बिकास लक्ष्यको सन् २०३० सम्म राज्यलाई बिकास र समृद्ध बनाउन पत्रकारहरुको कलम चल्ने विश्वास व्यक्त गरे । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दिगो बिकास लक्ष्य प्राप्तीका लागी अवको दश वर्ष नागरिक संघ संस्था, पत्रकारहरुले राज्यलाई सचेत गराउँदै सहयोगी भूमिका खेल्नुपर्नेु भनाइ राखे ।

नेपाल पत्रकार महासंघ कास्की सल्लाहकार रमेश पौडेलले पत्रकारहरुको अबको ध्यान दिगो बिकासका लक्ष्य प्राप्तिमा रहने गरि अगाडी बढ्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: