पश्चिमी वायु फेरि सक्रिए : कस्तो रहला आजको मौसम ?

487
0
Share:

काठमाडौं । आज देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगमा बादल लाग्नुको साथै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको समेत सम्भावना रहेको छ ।

आज दिउँसो विषेश गरी मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम पहाडी भेगमा धेरै पानी पर्ने महाशाखाले जनाएको छ। राति अधिकाशं हिमाली भेगमा वर्षा र हिमपातको संभावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: