सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु

1403
0
Share:

धादिङ । समेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खस्दा चालकको मृत्यु भएको छ । सिमेन्ट बोकेर वीरगञ्जबाट बनेपा जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट आइतबार बिहान करिब सवा तीन बजे त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा मकवानपुरको भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको हो । थोकरको गजुरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान करिब पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा सहचालक सप्तरीको रुपनगर बस्ने राजेश विक सामान्य घाइते भएका छन् । उनको गजुरी अस्पतालमा उपचार भइरहेको छ । ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस्
Share: