चीनबाहिर पनि कोरोनाको महामारी, इटालीका १२ शहरमा आवतजावत प्रतिबन्ध

551
0
Share:

काठमाडौं। कोरोना भाइरस अर्थात कोभिड – १९ को प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिएको छ ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बर बढेको छ भने इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछि आवातजावत नै बन्दको घोषणा गरिएको छ ।

कोरोना भाइरसकै कारणा दुई जना इटालीयन नागरिकहरूको ज्यान गइसकेको छ । प्रकोप फैलने त्रासले इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बरले बढेको छ । शुक्रवार यता अरु २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिए यता चीनमा २३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार २८८ जना संक्रमित भएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १२ सय जना भन्दा बढीमा सङ्क्रमण भएको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।

नोभेल कोरोना भारइसरका कारण वुहानमा अर्को एक चिकित्सकको मृत्यु भएको छ । वुहानको सीही जियाङबेइ अस्पतालको ग्यास्ट्रोयटेरोलोजी विभागमा कार्यरत २९ वर्षीय सीया सीसीको मृत्यु भएको सीएनएनले जनाएको छ ।

कोरोना भाइरसको लक्षण देखिएपछि जनवरी १९ मा उपचारका लागि अस्पताल भर्ना गरिएका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि वुहान विश्वविद्यालयको जोङनान अस्पतालमा लगिएको थियो ।

यसअघि बिहीबार नै २९ वर्षीय एक अर्का चिकित्सक पेङ यिनहुआको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । त्यसअघि कोरोनाको पहिलो चेतावनी दिने चिकित्सक लि वेनलियाङको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: