एकैदिन १५ सयले बढ्यो सुनको भाउ, कति छ आज ?

Share:

काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् ।

सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ ।

कमेन्ट गर्नुहोस्
Share: