
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गतिविधिमा संलग्न हुन् नहुने बताएका छन्। ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ ।
कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्।
यस्तै उनले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए ।
पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए ।
