विपक्षीले कुरै नबुझी विरोध गरे- प्रधानमन्त्री ओली

Share:

पोखरा। प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन भ्रम छरिएको बताएका छन् । सोमबार पोखरामा नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर विपक्षीले जनतामा भ्रम छरेको बताएका हुन् ।

उठाउनै नपर्ने विषयहरू उठाएर विपक्षीले सरकारलाई असफल बनाउने प्रयाश गरिरहेको उनको दाबी थियो ।ओलीले संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको आरोप लगाए ।

उनले कुखुराका चल्लाले चारो टिप्दा थाहै नपाइ अरू पनि एउटाकै पछि दुगुर्ने गरेको जस्तै संसदमा प्रस्तुत विधेयकका विषयमा पनि जानकारी नै नराखी विरोध हुने गरेको बताए ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गतिविधिमा संलग्न हुन् नहुने बताएका छन्। ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ ।

कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने । प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्।

यस्तै उनले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए ।

पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: