
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ। चीनमा २ हजार ६ सय ६३ र अन्य देशमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्।
सोमबारमात्रै चीनमा थप ७१ जनाको मृत्यु भएको छ । अहिले सम्म चीन बाहिर दक्षिण कोरियामा ८, इटालीमा ७, जापानमा १, हङकङमा २, इरानमा १२, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ। विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
पछिल्लो समय चीनमा कोरोनाको संक्रमण दर घट्दै गएको तर अन्य देशमा भने यसको संक्रमण दर बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कमेन्ट गर्नुहोस्
