
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्न लागेको बैठक आज भने सुचारु हुने बताइएको छ ।
यसअघि निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको थियो ।
हिजो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
