थाइल्यान्डमाथि नेपालको किर्तिमानी जित

471
0
Share:

काठमाडौँ – एसिसी पूर्व क्षेत्रीय ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ।

थाइल्यान्डको बैंककमा बुधबार बिहान भएको खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको थियो ।

नेपालले सो लक्ष्य मात्रै पाँच ओभर तीन बलमा एक विकेट गुमाएर फेला पारेको हो । नेपालका लागि कुशल मल्लले नटआउट ३६ रन बनाए । त्यस्तै पवन सर्राफले नटआउट २७ रन र पारस खड्काले ९ रन बनाए ।

थाइल्यान्डले १० ओभरमै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । नेपालका करण केसीले तीन विकेट लिए । त्यस्तै अविनाश बोहराले दुई तथा भूवन कार्की र पारस खड्काले एक–एक विकेट लिए ।

थाइल्यान्डविरुद्धको खेलमा नेपालले अहिलेसम्मकै छोटो समयमा लक्ष्य पूरा गर्दै किर्तिमानी बनाएको हो ।

यसअघि नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो । नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: