
काठमाडौँ – डा. युवराज खतिवडा बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त हुँदै छन् । डा. खतिवडाले बुधबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्रीको पद तथा गोपनियताको शपथ लिने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपस्तालबाटै बुधबार बिहान खतिवडालाई अर्थमन्त्रीका रुपमा नियूक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको राष्ट्रपति कार्यालय स्राेतले जानकारी दिएकाे छ ।
राष्ट्रियसभाको सदस्याता समाप्ता भएपछि मंगलबार डा. खतिवडाले पदबाट राजीनामा दिएका थिए।
सांसद नरही ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान अनुसार उनको पुनर्नियुक्ति हुन लागेको हो । आगामी ६ मिहनाभित्र सदनको सदस्यता हाँसिल गर्न नसकेमा उनको मन्त्री पद स्वतः समाप्त हुनेछ ।
कमेन्ट गर्नुहोस्
