
पोखरा । पोखरासहित देशका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने धेरैजसो उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने जनाइएको छ।
यस्तै, राति पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
कमेन्ट गर्नुहोस्
