लमजुङमा एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुग्यो

Share:

लमजुङ : आगामी चैतमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन हुने एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा समन्वय इकाई लमजुङले जनाएको हो।

चैतको ६ गतेबाट शुरु हुने परीक्षाको लागि केन्द्र र केन्द्रप्रमुख तोकिसकिएको इकाईले जानकारी दिएको छ। इकाईका अनुसार जिल्लामा परीक्षाका लागि १८ वटा केन्द्र कायम गरिएको छ।

परीक्षाका लागि प्रश्नपत्र समेत इकाईमा आइसकेको र परीक्षा केन्द्र प्रमुखलाई अभिमुखीकरण गराउने क्रममा रहेको इकाई प्रमुख गुरुङले बताए।

इकाईका अनुसार लमजुङका तिनहजार ९७ विद्यार्थीले सहभागीता जनाउने भएका छन्। नियमिततर्फ ३०८४ र आँशिक तर्फ १३ जना गरी ३०९७ जना विद्यार्थीले परीक्षा आवदेन दिएको इकाई प्रमुख गुरुङले जानकारी दिए।

परीक्षामा सबैभन्दा बढी लमजुङ सदरमुरकामस्थित जनविकास माध्यमिक विद्यालयमा २७८ र सबैभन्दा कम मध्य नेपाल नगरपालिका स्थित मंगला माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा ६१ जना विद्यार्थी सहभागी हुँदैछन्।

माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन देशभरका पाँचलाख १० हजार विद्यार्थीले फारम भरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: