
काठमाण्डौ – हिमालय एअरलाइन्सले साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण साउदी सरकारले दुई हप्ताको लागि साउदी अरब प्रवेशमा रोक लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ ।
दमाम उडान मार्च १५ देखि २५ तारिखसम्म र दमाम-काठमाण्डौ उडान मार्च १६ देखि २९ तारिखसम्म स्थगित गरिएको हिमालय एअरलाइन्सले जनाएकाे छ। साथै, कतारको दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ ।
मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको हो ।
यात्रुले अतिरिक्त शुल्क नतिरी यात्राको मिति भने परिवर्तन गर्न पाउने एअरलाइन्सले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
