
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ५ चितेपानीमा जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ पोखराको काहुँखोलाबाट मादी गाउँपालिका ५ को भैंसे जानेक्रममा ध १ ज २४६ नम्बरको जिप चितेपानीको उकालोमा विपरीत दिशाबाट आईरहेको गाडीलाई साईड दिनेक्रममा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटना परी घाइते हुनेमा जीप चालक राजु नेपाली सहित त्रिलोचन सापकोटा, रुद्रनाथ सापकोटा, रुद्रमोहन कँुईकेल, दिनेश नेपाली, कृष्ण सापकोटा रहेका छन् ।
घाइतेहरु मध्ये ५ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
