
पाेखरा । गाउँमा नै व्यवसायिक पशु पालनको उद्देश्य लिएर वैदेशिक रोजगारबाट फर्किएका फेदीखोला वडा नं. ४ का कुमार प्रसाद सुवेदीलाई शनिबार रातिबाट चैनको निद्रा परेको छैन । विदेशबाट फर्किएर आफ्नै घरमा खरायाे रापाल नगर्दै आएका सुवेदीको खरायाेको खोर अविरल असिना पानीले भत्काइदिएकाे छ । खोरमा रहेका १२ सय मध्य ३ सय खरायाे मरे भने अन्यको अवस्था दयनीय रहेकाे छ ।
साथै २८ बोरा दाना नष्ट भएका छन् । ठुलो क्षति भएको जानकारी पाएपछि तत्काल राहत प्रदान गर्न गएको गाउँपालिकाको टिमसँग लामो सास फेर्दै सुवेदीले भने, ‘ यस्तो आपतमा सहयोग गरेकोमा पालिकालाई धन्यवाद, केहीहदसम्म राहतमिलेको छ । गाउँपालिकाले राहत स्वरुप सुवेदीलाई ५ हजार प्रदान गरेको हो ।
व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले यतिखेर भारी असिनापानी , चट्याङ तथा हावाहुरीबाट क्षति भएका कृषक तथा स्थानीय वासिन्दाको तथ्यांक संकलन संकलन गर्दैछ । ठुलो क्षति भएका पीडितलाई तत्काल राहत दिने र अन्यलाई क्षति अनुसारको राहत प्रदान गरिने गाउँपालिकाको अभियान रहेको छ।
क्षति भएका घरधुरीको तथ्यांक संकलनगर्न ( ७) जना प्रतिनीधि ७ वटा समुहमा बाँडिएर सम्पुर्ण वडामा खटिएका छन् ।
फेदीखोला २ लामिस्वाराका तिलबहादुर जिटीको चट्याङबाट घर जलेकोले २० पाता हुलासको सात फुटे टिन प्रदान गरिएको छ भने गोठ भत्किएर बाख्रा मरेको आरूखर्क कि बुद्धिसरा विकको घर धुरीलाई १ हजार प्रदान गरिएको छ ।
स्थानीय वासीलाई राहत वितरण गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्राकृतिक विपतले गाउँपालिकामा ठुलो क्षति पुर्याएको बताए । क्षतिपुग्ने जनताको विवरण धेरै भएकाले राहत वितरण कार्यनिकै नै चुनौतीपुर्ण र महंगो पर्ने देखिएको उनले बताए । क्षतिको सहि तथ्यांक दिन र दिलाउन सम्पुर्ण पालिकावासीलाई अपिलगर्दै सहयोगीहातहरु अगाडि बढाइदिन पनि उनको अपिल रहेको थियो । सकेसम्म ठुला देखि साना सबै पीडितलाई राहत दिलाउन प्रदेश र केन्द्र सरकारलाई बारम्बार झकझकाइरहेको उनको भनाई थियो ।
राहत वितरण कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष माधवप्रसाद शर्मा सुवेदी, फेदीखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, फेदीखोला गाउँपालिका रेडक्रस उपशाखाका अध्यक्ष लेखनाथ पराजुली स्थानीय प्रहरी प्रशासनको सहभागिता रहेको थियो ।
