नेपाल र इङ्ल्याण्डबीच हुने भनिएको फुटबल स्थगित

Share:

काठमाण्डाै – आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको हो । नेपाली फुटबल टिमले भ्रमणका क्रममा आउँदो जेठ २५ गते इङ्ल्याण्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

विश्वका विभिन्न देशमा काेराेना भाइरस (कोभिड–१९) काे सङ्क्रमण फैलिएपछि नेपाल र इङ्ल्याण्डको टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: