कोरोनाको त्रासका बिच पोखरामा मध्यरातमा चर्को आवाज सहित पार्टी गरेपछि……..

Share:

पोखरा । अहिले विश्वभर कोरोना (कोभिड–१९) को संत्रास फैलिएको छ । मानिसको जमात हुने गरी आयोजना गरिने सबै कार्यक्रम स्थिगत भएका छन् । अधिकांश होटल, रेष्टुरेन्ट, सिनेमा हल बन्द भएका छन् ।

नेपालमा सावधानी स्वरुप मानिस जम्मा हुने गरी कार्यक्रम नगर्न, नगराउन भनिएको छ ।

कोरोनाको संक्रमण मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले समेत फागुन २१ गते भिडभाड हुने कार्यक्रम नगर्न आग्रह ग¥यो । त्यसपश्चात् कास्कीमा भिड हुने गरी धेरै कार्यक्रम भएका छैनन् ।

तर मङ्गलबार राती पोखरा–२३ चापाकोटमा अवस्थित ‘वान्स इन नेचर’ होटलमा हल्लाखल्ला भयो । हल्ला यति ठुलो थियो कि स्थानियले प्रहरी नै गुहार्नुप¥यो । सूचना पाएपछि कास्की प्रहरीको टोली त्यहाँ पुग्यो । मस्त गीतमा झुमेका विदेशी तथा स्वदेशीहरुले प्रहरी पुग्दासम्म हल्लाखल्ला गरिनैहे ।

प्रहरीले तत्काल एक्सन लियो । २५ जनाको समूहमा रहेका उनीहरूलाई प्रहरी टोलीले छापा मा¥यो । केहीसँग गाँजा र चरेस फेला प¥यो । चरेस र गाँजा लिएका ७ व्यक्तिलाई तत्काल नियन्त्रणमा लिइयो । ७ मध्ये ६ विदेशी रहेका छन् भने १ सोही होटलका सञ्चालक रहेका छन् ।

‘चापाकोटका स्थानियले खबर गरेपछि हामी त्यहाँ पुग्यँौ, छापा मार्दा लागुऔषध भेटियो ।’ कास्की प्रहरीका सह–प्रवक्ता नरहरि अधिकारीले भने,‘लागुऔषध लिइरहेकाले पक्रियौँ, अरुलाई नियन्त्रणमा लिनुपर्ने अवस्था थिएन ।’

तर उक्त पार्टी ‘ट्रान्स पार्टी’ भने नरहेको बताइएको छ । पक्राउ परेकालाई लागु औषध सेवनको मुद्दा चलाइने सह–प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: