गैँडा मर्नेक्रम बढ्दै, नौ महिनामा २२ गैँडा मरे

449
0
Share:

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । यसले गैँडा संरक्षणमा चुनौती थपेको छ । साउन यता २२ वटा गैँडा मरेका छन् ।

पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ । यसअघि दुई वटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए ।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् ।

गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: