
पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गरेकी छन्।
पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन्।
उपप्रमुख गुरुङको घोषणा पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
पोखराका ब्यवसायीले ब्यवसाय धरासायी बन्दै गएको भन्दै छुट घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी छन् ।
विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उहाँले ब्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको उपप्रमुख गुरुङले बताईन ।
कमेन्ट गर्नुहोस्
