लायन्स क्लब अफ पोखरा पिस टाउनमा सरला तिमिल्सिना

Share:

पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनको लायन वर्ष २०२०÷२०२१ को अध्यक्षमा सरला तिमिल्सिना सर्वसम्मत निर्वा्िचत भएकि छिन ।

शनिवार सम्पन्न क्लबको निर्वाचनमा प्रथम उपाध्यक्षमा शोभा अधिकारी पौडेल, द्वितीय उपाध्यक्षमा सीता तिमिल्सिना सुबेदी, तृतीय उपाध्यक्षमा शोभा आचार्य, सचिवमा सृजना अधिकारी बराल, क्लब प्रशासकमा कान्ती अधिकारी पौडेल, कोषाध्यक्षमा केसी माया, सहसचिवमा बबिता गुरुंग र सहकोषाध्यक्षमा दिप्ती आचार्य चयन भएको जनाएको छ ।

यसै गरी मेम्बरशिप चियरपर्सनमा क्लबका पूर्व अध्यक्ष सबिता बराल, एलसिआइफ कोर्डिनेटरमा पूर्व अध्यक्ष डा बिनिता कोईराला, क्लबसर्भिस चेयरपर्सनमा पूर्व अध्यक्ष सीता कोईराला, इंन्भारोमेंटल चेयरपर्सनमा पूर्व अध्यक्ष उषा क्षेत्री, क्लब कम्यूनिकेशन मार्के्िटङ्ग एवं कानुनी चेयरपर्सनमा दुर्गा भण्डारी, साथै निर्देशकहरुमा डा निलु हिराचन, आशा पहारी, लक्ष्मी पोखरेल लगाएत निर्वा्िचत  भएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष डा बिनिता शर्मा कोईरालाले जानकारी दिएकी छिन ।

नव निर्वा्िचत अध्यक्ष लगाएत सम्पूर्ण टिमलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी बिनोद ढुंगाना, क्लबका गाईडिंग लायन टंकराज अधिकारी, क्लबका अध्यक्ष गीता कार्की निर्वाचन संयोजक डा बिनिता शर्मा कोईराला लगाएतले अबिर र माला लगाएका थिए ।

क्लबका निवर्तमान अध्यक्ष डा बिनिता कोईराला संयोजक रहेको निर्वाचन समितिमा पूर्व अध्यक्ष सबिता बराल र सीता कोईराला सदस्य रहेका थिय ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी बिनोद ढुंगानाले डिस्ट्रिक्टले अवलम्ब गरेका कार्यक्रमहरुलाई क्लबले प्राथमिकता साथ सम्पन्न गरेकोमा धन्यवाद दिएक छन् ।

नव निर्वा्िचत अध्यक्ष सरला तिमिल्सिनाले बिगतका बर्षहरूमा जस्तै लायन बर्ष २०÷२१ पनि क्लबका साथीहरूको सहयोग र सपोर्टको लागि अनुरोध गर्दै क्लबले नियमित रुपमा गरेका कार्यहरुलाई आगामी दिनमा निरन्तरता दिने बताएका छन ।

क्लबका अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका गाईडिंग लायन टंकराज अधिकारी, कार्यक्रम संयोजक ड़ा बिनिता कोईराला, पूर्व अध्यक्ष सीता कोईराला, द्वितीय उपाध्यक्ष शोभा पौडेल, सचिव शोभा आचार्य र कोषाध्यक्ष कान्ती पौडेल लगाएतले आ आफना भनाई राखेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ड़ा बिनिता कोईरालाले क्लबका सदस्यहरुलाई कोरोना भाईरस सम्बन्धी जानकारी एवं सचेतना गराएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: