
पाेखरा । अहिले विश्वमा महामारिको रुपमा अगाडि बढेको कोरोना भाइरस बाट बाच्नको लागि मोहोरीया टाेलका कृषकहरुलाई मास्क वितरण गरीएकाे छ ।
साथै साबुन पानीले नियमित हात धुनु , मास्कको प्रयोग गर्नु , नियमित पानी पिउनु, भिडभाडबाट पर बस्नु आदि गर्न सकेको खण्डमा कोरोना बाट बाच्न सकिने भनि रहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. ३० मोहोरीयामा रहेको श्री चक्रदेवी वहुउद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीहरुलाई निशुल्क मास्क वितरण गरेको छ ।
कोरोना भाइरस सम्वन्धि सचेतनाका साथै मास्क वितरण कार्यक्रममा करिब ११० वटा मास्क वितरण गरिएको संस्थाका सदस्य त्रिलोचन लामिछानेले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा संस्थाका सचिब आनन्द कडेल, व्यवस्थापक ईन्द्र प्रशाद तिवारीले सहजिकरण गरेका थिए ।
