लक्ष्मीप्रसाद सापकोटा, पर्वत २९ मंसीर / नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतको आठौं जिल्ला अधिवेशन सोमबार देखि सदरमुकाम कुस्मामा शुरु हुने भएको छ । नेकपा(एमाले) पर्वतको आठौ जिल्ला अधिबेशन निर्धारित मिति भन्दा दुई बर्ष ढिलो गरि शुरु हुन लागेको हो ।
२०६६ पौषमा सम्पन्न सातौ जिल्ला अधिबेशन सम्पन्न भएको तीन बर्ष भित्रमा अधिबेशन गर्नुपर्ने भएपनि संबिधानसभा निर्वाचन लगायतका कारणले एक बर्ष ११ महिना पछि आठौ अधिबेशन आयोजना गरिएको हो । नेकपा(एमाले) पर्वतको आठौ जिल्ला अधिबेशनको पार्टीका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले बान्द्रेबिडीको खुल्ला मञ्चमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेकपा(एमाले) पर्वतले दिएको जानकारी अनुसार अहिले सम्म अधिबेशनको सबै जसो तयारी पुरा भएका छन । मञ्च ब्यबस्थापन, होटल ब्यबस्थापनका कामहरु सम्पन्न भैसकेको उपाध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । प्रतिनिधीहरुको दर्ता गर्ने काम पनि सम्पन्न भएका छन । ‘सबैजसो तयारीका काम पुरा भएका छन’ उहाँले भन्नुभयो ‘अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्ने तयारीमा लागेका छौ’
अधिबेशनका लागि मंसिर सबैजसो ठाउँमा मंसिर १३ गते नै प्रतिनिधी छनौट सम्पन्न भएका छन । ठुलीपोखरी र खानीगाउँ गाबिसको प्रतिनिधी छनौट बिबादमा परे पनि टुंगो लागेको छैन भने जिल्ला कमिटीले गर्ने प्रतिनिधी मनोनयनको काम पनि अन्यौलमा नै परेको छ। जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधी मनोनित गर्न सक्छ । मंगलबार बिहान बस्ने जिल्ला कमिटीको बैठकले मनोनित गर्ने प्रतिनिधी र बिबादको टुंगो लगाउने जिल्ला अध्यक्ष बिकास लम्सालले जानकारी दिनुभयो । उहाँले अधिबेशनको तयारीका क्रममा प्रतिबेदन तयार भैसकेको र सबै खाले तयारीहरु अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले प्रतिबेदन छपाईको काम पनि सम्पन्न भएको तथा अन्य तयारीका कामहरु पुरा भएको जानकारी दिनुभयो । ‘हामी सबै तयारी पुरा गरेर अधिबेशन सम्पन्न गर्ने चरणमा पुगेका छौ’ उहाँले भन्नुभयो ‘प्रतिनिधी मनोनयन लगायतका बिषयमा पनि टुंगो लाग्छ । १४ जना प्रतिनिधी मनोनित गरिने भएपनि अध्यक्षका प्रत्यासीहरुका ७, ७ जना मनोनित भएमा मात्रै निर्णय हुने अन्यथा मनोनित नगर्ने सोचमा अध्यक्ष लम्साल रहेको बताइन्छ ।
नेतृत्वमा होडबाजी
आगामी ३ वर्षका लागि नेतृत्व चयनका गर्नका लागि केन्द्रीत हुने यो अधिवेशनमा उपाध्यक्ष तथा लामो समय कार्यबहाक बनेर पार्टी हाक्नुभएका राजु पौडेल र सचिबालय सदस्य पदम गिरीका बिचमा प्रतिष्पर्धा हुने निष्चित देखिएको छ ।
राजु पौडेलको प्यानलका उपाध्यक्ष पदमा सचिब भक्त कुँवर, सचिब पदमा उपसचिब पदमपाणी शर्मा र उप सचिवमा सचिवालय सदस्य गोबिन्द पहाडी रहने बताईएको छ भने पदम गिरी समूहमा उपाध्यक्षमा देबेन्द्र पाण्डे, सचिवमा प्रचार बिभाग प्रमुख लाल बहादुर अधिकारी, उप सचिवमा बैकुण्ठ भूसाल रहने बताईएको छ ।
राजु पौडेल नेतृत्वको प्यालनमा पुरान तथा पार्टीमा लामो समयदेखि काम गरेका तथा युबाहरुको सन्तुलन छ भने पदम गिरी प्यानलमा नयाँ युवाहरुको बर्चस्व रहेको छ। राजु पौडेललाई अहिलेको जिल्ला कमिटीका सचिब , उपसचिब र बहुमत सदस्यहरु तथा क्षेत्रिय कमिटीका दुबै अध्यक्षहरुले समर्थन गरेका छन भने गिरीलाई जिल्ला अध्यक्ष बिकास लम्साल, सहित अञ्चल कमिटीका पुर्ब सदस्यहरु जिल्ला कमिटीका सदस्यहरु समर्थन गरेका छन । दुबै पक्षले निर्वाचन आफुँले जित्ने दाबी गर्दै आएका छन । निर्वाचनमा कडाप्रतिष्पर्धा हुने अनुमान गरिएको छ।

