कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा

Share:

कैलाली – कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ । त्यसैगरी बिहानैदेखि कैलालीमा बजार बन्द छन् ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए। कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।

कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: