नेपालमा कोरोना संक्रमित तेस्रो बिरामी भेटिए

Share:

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा अाज एक पुरुषको पोजिटिभ रिपोर्ट आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पुष्टि गरेका हुन् ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको ट्रान्जिट हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: