पोखरामा क्वारेन्टाइनमा राखिएका एक पुरुषको मृत्यु

Share:

पोखरा । पोखरामा क्वारेन्टाइनमा राखिएका एक पुरुषको मृत्यु भएको छ । मंगलबार क्वारेन्टाइनमा राखिएका रुपा गाउँपालिका निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

१२ दिनअघि हैदरावादबाट घर फर्किएका ती पुरुषलाई कोरोनाको आशंकामा मंगलबारदेखि गाउँकै क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो। क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकहरुका अनुसार उनी मुटु रोगी थिए। उनको कलेजोमा पनि पानी जमेको बताइएको छ। तर ती पुरुषको मृत्युको कारण भने अहिलेसम्म खुलिसकेको छैन।

कमेन्ट गर्नुहोस्
Share: