नेपालमा कोरोना संक्रमित चौथो बिरामी भेटिए

Share:

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिडा(१९) को चौथो संक्रमित भेटिएका छन्। ३४ वर्षीय नेपाली पुरूषको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्। दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको ट्रान्जिट हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: