औषधी लिन नेपाल एअरलाइन्सको जहाज ४ पटक चीन जाँदै, पहिलो उडान आज

Share:

काठमाडौं । औषधी र मेडिकलजन्य सामग्री लिन नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो ।

जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ । उक्त सामग्री बोकेर जहाज आजै राति करिव ११ बजे नेपाल फर्कने जनाइएको छ ।

जहाजमा नेपाल एअरलाइन्सका ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहने छ ।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउन एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: