कोरोना कहर : अमेरिकामा पनि अर्को पानीजहाजमा सङ्क्रमण भेटियो, विश्वभर मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो

Share:

काठमाडौं । अमेरिकाको अर्को एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् । यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए ।

यस्तै अमेरिकामा सङ्क्रमितको संख्या १ लाख ४ हजार १ सय ४२ जना पुगेको छ । यो विश्वको सबैभन्दा धेरै संख्या हो। अमेरिकामा मात्रै १ हजार ६ सय ९६ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ । त्यसपछि स्पेनमा ५ हजार १ सय बढीको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या २७ हजार ३ सय ६५ पुगेको छ। यस्तै संक्रमणको संख्या विश्वभरबाट ५ लाख ९७ हजार २ सय ६७ जना पुगेको छ भने १ लाख ३३ हजार ३ सय ६३ जना उपचार पछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: