सभापति कोइरालाद्वारा कोरोना रोकथाम नियन्त्रण कोषमा सहयोग गर्ने घोषणा

Share:

पोखरा । गण्डकी प्रदेश सभा कास्की क्षेत्र नं. १ (१) का सांसद एवं अर्थ तथाविकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशमा १५ करोडको कोष निर्माण गर्ने घोषणा गरे सँगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । सभापति कोइरालाले विश्वभरि महामारीको रुपमा फैलिएको कोराना (कोभिड १९) को रोकथामाको लागि सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्न आबश्यक रहेको बताए ।

लकडाउनको पुर्ण पालना गर्न सबैलाई आग्रह गर्दै उनले अनाबश्यक काममा घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । कोइरालाले सचेत सबैै बन्नु पर्ने तर नआत्तिन पनि सबैैलाई आग्रह गरेका छन् । सुख–दुःखमा जनतासँगै आफू रहेको भन्दै अप्ठेरो परे आफूलाई सम्झन पनि आग्रह गरेका छन् ।

कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा कोहि रोजगारी वा बैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भए पनि १४ दिन सम्म सेल्फ क्वारेनटाइनमा बस्न पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: