कोरोना महामारी : मृतकको संख्या ३४ हजार नजिक, स्पेनमा एकै दिन आठ सय २१ को मृत्यु

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभरबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ७६ पुगेको छ । हिजो एकै दिन विश्वभरबाट झण्डै ३ हजार मानिसको मृत्यु भएको जनाइएको छ ।

एक सय ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण ७ लाख २२ हजार १ सय ९६ पुगेको छ भने १ लाख ५१ हजार ७ सय ६६ जना उपचार पछि निको भएका छन् ।

सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९७ हजार ६ सय नाघेको छ ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ।

यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको संख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ।

यता छिमेकी राष्ट्र भारतमा आइतबारसम्म ३० जनाको मृत्यु भइसकेको छ भने एक हजार ८३ जना संक्रमित फेला परिसकेका छन्। हिजो मात्रै भारतमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: