लकडाउनको पूर्ण पालना गर्न सभापति कोइरालाको आग्रह

Share:

पोखरा । गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । सभापति कोइरालले आज आफ्नो फेसबुकबाट जनतालाई प्रत्यक्ष सन्देश दिदै उहाँले अत्यावस्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध पनि गरे ।

अहिले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उहाँले बजारमा कतै कालोबजारी भए जनता दुःखमा परे सिधा आफुलाई ९८५६०२३१६१ मा फोन गर्न आग्रह गरेका छन् । पहिलेका विपतमा जस्तो यस पटकको विपतमा बजारमा समस्या नदेखिएको बताउँदै आफ्नो समितिले लकडाउन भन्दा अगाडि बैठक बसेर समस्या आउन नदिन सम्बन्धित निकायलाई दिएको निर्देशनले काम गरेको कोइरालाको भनाई छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ८ लाख ५८ हजार भन्दा बढि संक्रमित र ४२ हजार भन्दा धेरैको मृत्यु भएको भन्दै कोइरालाले सवै जना सेचेत रहन आग्रह गरे । कोइरालाले अहिलेको समय कोभिड १९विरुद्ध सवै लड्नुपर्ने समय भएकोले सरकारलाई साथ दिन आग्रह गर्दै यदि कतै भष्टचार भएको भए पछि छानविन गरेर कारबाहि हुने बताएका छन् । उपचारमा खटिएका स्वास्थ्यकर्मी, फिल्डमा खट्ने सुरक्षाकर्मी प्रति आभार प्रकट गर्दे अत्यावश्यक काममा हिड्नै पर्नेलाई दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । आफ्नो आवश्यकता जनतामा परेमा आफु जनताको मा जान तयार रहेको तर अहिले आफु पनि घरमै बसेको उनको भनाई छ ।

कोइरालाले गण्डकी प्रदेश सरकार र स्थानिय सरकारहरुले अति विपन्न दैनिक ज्यालामा काम गर्ने मजदुर अपाङ्ता भएका व्यक्ति दैनिक गुजारा चलाउन नसकेकाहरुलाई राहत दिन लागेकोले सोहि प्रकारका व्यक्तिहरुले मात्र राहत पाउने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: