सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारको कोरोना कोषमा ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग

Share:

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक लि. गण्डकी प्रादेशिक कार्यालय मार्फत जम्मा ५० थान एएभ हस्तान्तरण भएको छ ।

५० थान एएभ मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ ।सनराईज बैंक लि.का गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि सनराईज बैंक लि. गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका छन् ।

गण्डकी प्रदेशको पर्वत जिल्ला निवासी सनराईज बैंक लि.का प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैडेलका अनुुसार यो समयमा पिपिइको सबै भन्दा ठुलो महत्व भएकाले २ हप्ता सम्म पिपिइको खोजी गरी कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र अन्य कर्मचारीलाइ हौषला बढाउन यो सहयोग गरेको बताए।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंक लि.बाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाइ ५ थान र सामाजिक विकास मन्त्रालयलाइ ३० थान हस्तान्तरण गरी यो समयमा पिपिई अत्यन्तै उपयोगी सामाग्री भएको बताउदै सनराईज बैंक लि लाइ धन्यवाद व्यक्त गरे ।

सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको छ । यो महामारी बाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीको सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पुर्ण रुपले पालना गर्नुहुन सम्पुर्ण प्रदेश बासीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: